Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

चाँडै सिट बाँडफाँटको टुंगो लाग्छ : देव गुरुङ

काठमाडौँ- सत्तारुढ गठबन्धनको तालमेलको विषय टुंग्याउन गठित कार्यदलले तालमेलको विषयमा सैद्धान्तिक रुपले सहमतिको नजिक पुगेको बताएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको हो । कार्यदल सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले तालमेलका लागि सहमतिको मोडालिटी तयार गर्ने काम सकारात्मक रुपले अगाडि बढेको बताए ।

बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले तालमेलको विभिन्‍न मोडालिटीक बारेमा छलफल भएको जानकारी दिए । उनले चालु सदनमा सांसदहरूको सिटको आधारमा सहमति खोज्‍ने विषयमा कुराकानी भएको जिकिर गरे ।

नेता गुरुङले कार्यदलको आगामी बैठक भदौ ३० गते बस्‍ने जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np