Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

इमरान खानलाई अन्तरिम जमानत

काठमाडौंँ । पाकिस्तानी अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई अन्तरिम जमानत दिएको छ । इस्लामावादको एक आतंकवाद विरोधी अदालतले पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानलाई गत हप्ता वरिष्ठ प्रहरी अधिकारी र एक महिला न्यायाधीश विरुद्ध टिप्पणी गरेको आरोपमा उनीविरुद्ध दर्ता भएको मुद्दामा अन्तरिम जमानत दिएको हो ।

प्रहरी र न्यायाधीशलाई ‘धम्की’ दिएको आरोपमा खानलाई आतंकवाद विरोधी कानून अन्तर्गत अभियोग लगाइएको थियो । न्यायाधीशले खानलाई सेप्टेम्बर १ सम्म जमानत दिएका छन् ।

न्यायाधीश राजा जवाद अब्बासले बिहीबार खानलाई १ लाख पाकिस्तानी रुपैयाँ (४६० डलर) तिरेर सेप्टेम्बर १ सम्म जमानत दिएका छन् ।
न्यायाधीश ताहिर अब्बास सुप्राल पनिे बिहीबार उत्तर्राधको अतिरिक्त सत्रमा ‘गैरकानूनी सभाको आरोप’मा खानलाई सेप्टेम्बर ७ सम्मको लागि ५ हजार पाकिस्तानी रुपैयाँको जमानतमका आधारमा अन्तरिम जमानत दिएका छन् । अदालतको अवहेलना मुद्दामा अगस्ट ३१ मा सुनुवाइ हुने अल जजिराले जनाएको छ ।

क्रिकेटको आइकनबाट राजनीतिज्ञ बनेका उनले विगत केही दिनमा बढ्दो कानुनी चुनौतीहरूको सामना गर्नुपरेको छ । खान बिहीबार अदालतमा आउनु अघि उनका वकिलले पीटीआई प्रमुख विरुद्धको आतंकवादी मुद्दालाई पुलिसले बदलाको रूपमा दर्ता गरेको दाबी गरेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np