Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

फिल्म ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकले सितैमा हेर्न पाउने

फिल्म ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकले सितैमा हेर्न पाउने भएका छन् । बिएसआर मुभिज्, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रेको बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि फिल्म झिँगेदाउे सितैमा हेर्ने व्यवस्था मिलाएका हुन् । आमा र सन्तानबीचको भावनात्मक कथामा निर्माण भएको फिल्म जेष्ठ नागरिकलाई हेराउने उद्देश्यले ६५ वर्ष माथिकाले सितैमा हेर्न पाउने व्यवस्था गरिएको निर्माण युनिटले जनाएको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले अहिले राम्रो व्यवसाय गरिरहेको बताइएको छ । दर्शकबाट फिल्मका लागि राम्रो साथ र प्रतिक्रिया मिलेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । देउजाले ७ वर्षपछि यसै फिल्ममार्फत निर्देशनमा कमब्याक गरेका हुन् ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल , कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतको अभिनय छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np