Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको छ : पूर्वराष्ट्रपति

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको बताएका छन् ।
जननायक बिपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा तेज–तीर्थ ट्रस्टले आज यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मा उनले संविधानमाथि आक्रमण हुन लागेको भन्दै यसलाई जोगाउन राजनीतिक दलको महत्वपूर्ण भूमिका रहेको बताए ।

संविधानको रक्षा गर्ने प्रमुख जिम्मा कांग्रेससहितका राजनीतिक दलको हो, राजनीतिक दलबाट बनेको संविधानको रक्षा गर्ने काम पनि राजनीतिक दलकै हो, उनले भने । देशको एकता, अखण्डता आवश्यकतालाई समेटेर समृद्ध मुलुक निर्माणमा सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति डा यादवले सङ्घ, प्रदेश र स्थानीय तहको कानून बन्न नसक्नु दुःखद् कुरा भएको बताए । उनले राष्ट्रियता, सार्वभौमिकता, भूगोललाई मिलाएर संविधान निर्माण भएको बताउँदै संविधानको रक्षाका लागि लाग्नुपर्ने बेला आएको उल्लेख गरे ।

संविधान निर्माणसँगै तीन तहको सरकार निर्माण हुनु सुखद पक्ष भए पनि जनतामा भ्रष्टाचार भएको र सुशासन नभएकामा असन्तुष्टि पैदा भएको बताए । पूर्वराष्ट्रपति डा यादवले बिपी कोइराला देश र लोकतन्त्रका पक्षमा सधैँ चिन्तित हुने गरेको बताए । उनले पछिल्लो समय बिपी कोइरालाको जेल जर्नल, भाषण, आत्मा वृत्तान्त कांग्रेसले पढ्न र बुझ्न नसकेको उल्लेख गरे ।


कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रलाई जनतामाझ लैजान जननायक बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको बताए । सङ्घीय लोकतन्त्र स्थापना गर्न बिपी कोइरालाको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो । नेता प्रधानले बिपी कोइरालाको योगदानका कारण देश सङ्घीय गणतन्त्र मुलुकमा निर्माण भएको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np