Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

भुवनले बनाएको सल्लाहकार समिति विवादमा

चलचित्र विकास बोर्डको नव गठन सल्लाहकार समिति विवादमा परेको छ । अध्यक्ष भुवन केसीले बिहीबार बोर्डको कार्य सहज बनाउन कलाकार नीर शाहको संयोजकत्वमा गठन गरेको ५ सदस्य सहितको समिति २४ घण्टा नबित्दै विवादमा परेको हो । समितिको सदस्यमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ छन् ।

चलचित्र समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा, फिल्म लेखक यज्ञशसहित धेरै फिल्मकर्मीले सामाजिक सञ्जालबाट समितिको आलोचना गरिरहेका छन् । सल्लाहकार समितिमा एकजना महिला पनि नपरेको भन्दै आलोचन भएको हो । नेपाल राष्ट्रले समावेशी सिद्धान्तलाई संविधानत : अंगिकार गरेपनि बोर्डको सल्लाहकार समिति त्यस्तो हुन नसकेको विषय सामाजिक सञ्जालमा चर्को रुपमा उठिरहेको छ ।

फिल्म निर्देशक तथा समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामाले समितिको विरोधमा सामाजिक सञ्जालमा लेखेका छन्, ‘चलचित्र विकास बोर्डले ६ सदस्यीय सल्लाहकार समिति गठन गर्दा एकजना पनि महिला नसमेटेकोमा मेरो विरोध छ । अध्यक्ष भुवन केसीले त यो कुरामा विचार पुर्याएनन्, सल्लाहकार समितिका संयोजक नीर शाहले समेत अनदेखा गर्नुभएकोमा आश्चर्य लागेको छ । कि, कांग्रेसीजनहरुले समावेशीय सिद्धान्त पोलेर खाएका हुन ?।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np