Global Force Media

२०८१ बैशाख ११ - Tue Apr, 2024 -

वीरगञ्जमा रोमाञ्चक खेल ‘थ्रील फ्याक्ट्री’ सञ्चालनमा

वीरगञ्जमा रोमाञ्चक खेल ‘थ्रील फ्याक्ट्री’ सञ्चालन गरिएको छ । विद्यालयमा पढ्ने उमेरका बालबालिकादेखि किशोर र युवासमेतका लागि एउटै छानामुनि रमाइलो गर्ने नयाँ भर्सनको खेल खेल्ने थलो हो थ्रील फ्याक्ट्री ।

चाचान ग्रुपको नयाँ पुस्ताले यो फ्याक्ट्री सञ्चालन गरेको होे । ४० वर्षीय निखिल चाचानले नेपालका नयाँ पुस्ताले रुचाउने एडभेन्चर खेललाई व्यवसायका रुपमा सञ्चालन गरेका हुन् ।

अचेलका बालबालिका बिदाको दिन घरमै बसेर मोबाइलमा ‘एडभेन्चर’ गेम खेल्ने गरेको जिकिर गर्दै उनले भने, ‘आजको बालबालिकालाई एडभेन्चर मन पर्ने गरेको छ । त्यसैलाई व्यवसायमा ल्याउने सोचको उपज हो यो ।’

उनी भन्छन्, ‘भारतका केही स्थानमा यस्तो प्रकृतिको विजनेसले राम्रो बजार पाइरहे पनि नेपालमा यसले सफलता पाउला कि नपाउला भन्ने डर त थियो । तर परिवारमा छलफल गरेपछि सबैजनाले अनुमोदन गरिदिनुभयो ।’

यो व्यापार आफू र आफ्नो परिवारका लागि एकदमै नयाँ रहेको र त्यसमा पनि वीरगञ्ज जस्तो सहरमा यसलाई सञ्चालन गर्नु निकै चुनौतीपूर्ण रहेको उनले बताए । ‘वीरगञ्जको समाज अझै पनि यस्ता कुरामा त्यति चासो राख्दैन, अझै हाम्रो मधेसको समाज नयाँ सोचका लागि उदार पनि छैन । तर पनि मैले गरेको अठोटमा मेरा परिवारले पूर्ण सहयोग गरे,’ उनले भने ।

उक्त ‘थ्रील फ्याक्ट्रीमा’ अहिले १५ वटा ‘एडभेन्चर एक्टीभिटी’ सञ्चालनमा रहेको उनले सुनाए । यसलाई अझै विस्तार गरेर २५ वटा क्रियाकलापसम्म पु¥याउने लक्ष्य रहेको सञ्चालक निखिलको भनाइ छ । उनले ‘थ्रील फ्याक्ट्री’ नेपालको विभिन्न सहरमा समेत विस्तार गर्ने योजना रहेको बताए ।

करिब ६ करोडको लागतमा खोलिएको उक्त फ्याक्ट्रीमा सुटिङ रेन्च, नेट क्रिकेट, बुल राइड, थ्री सिक्सटी, सफ्ट प्ले फोर किडस्, रोपवे कोर्स र जीप साइकल जस्ता मनोरञ्जनात्मक सेवा सञ्चालनमा छ । युवा व्यवसायी चाचान सुनाउँछन्, ‘मैले यो व्यवसाय कन्सेप्टमा खोलिए पनि बालबालिका देखि सबै समूहका व्यक्ति रमाएको देख्दा आत्मसन्तुष्टि मिल्छ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np