Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ ।

रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै नखुलेको डीएसपी रानाले बताए ।स्थानीयका अनुसार विष्टको केही दिनअघि एकजना भारतीयसँग विवाद भएकाले घटनामा उनको संलग्नताको आशंका गरिएको छ ।घटनास्थलमा पुगेर गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np