Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

नयाँ व्यवसायको तयारीमा रहेकी पूजा शर्मा फर्किइन् फेसबुकमा, वर्षा सिवाकोटी ‘गायब’

काठमाडौं । एक महिनाभन्दा लामो समयपछि अभिनेत्री पूजा शर्मा पुनः सामाजिक सञ्जालमा फर्किएकी छन् ।

बिहीबार दिउँसोदेखि उनको फेसबुक र इन्स्टाग्राम पृष्ठहरु सक्रिय देखिएका छन् । आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ रिलिजलगत्तै उनी भर्चुअल प्लेटफर्मबाट हराएकी थिइन् ।

सामाजिक सञ्जालका पेजलाई निष्क्रिय बनाउनुअघि उनले फेसबुकमा स्टाटस लेख्दै बिनाकारण आफूलाई खेदो भनिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
सोसल मिडियामा फर्कंदै पूजाले आफूले ललितपुरको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको र चाँडै सञ्चालनमा ल्याउने समेत जानकारी दिएकी छन् । उनले यसलाई आफ्नो ‘स्वप्न प्रोजेक्ट’ भनेकी छन् । उनका अनुसार झम्सिखेलमा बहुउद्देश्यीय स्पोर्ट्स लाउन्ज सञ्चालनमा आउँदैछ ।

कामको कुरा गर्दा पूजा आफैंले निर्माण गर्न लागेको नयाँ फिल्म चुनावपछि छायांकनमा जाने तयारीमा छ, जहाँ अनमोल केसी प्रमुख भूमिकामा देखिंदैछन् ।

वर्षा सिवाकोटी पनि ‘गायब’

हृदयघात भएको खबर सार्वजनिक भएलगत्तै अभिनेत्री वर्षा सिवाकोटी फेसबुकबाट गायब भएकी छन् । तर उनको इन्स्टाग्राम एकाउन्ट भने सक्रिय नै छ ।

मिनी हार्ट अट्याक भएलगत्तै वर्षा उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी थिइन् । अहिले घरमै फर्किएर स्वास्थ्यलाभ गरिरहेकी छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np