Global Force Media

२०८१ बैशाख ३ - Mon Apr, 2024 -

गौरीघाटमा छठपूजाका लागि तयारी अन्तिम चरणमा

अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउन तयारी थालिएको छ । राजधानीको गौरीघाट, कमलोखरी, टेकुलगायतका स्थानमा छठघाट मनाउने काम धमाधम भइरहेको हो ।

राजधानीको गौरीघाटमा छठ पूजाका लागि छठघाट बनाउने काम अन्तिम चरणमा पुगेको छठपूजा समितिले जनाएको छ । समितिले करिब ९० प्रतिशत काम सम्पन्न भएको र सबै तयारी पूरा गरेर धुमधामका साथ छठ मनाउने गरी तयारी भइरहेको जनाएको छ । यसवर्षको छठअन्तरगत आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तिथि रहेको छ ।

सूर्यको उपासना गरेर छठ पर्व मनाइन्छ । यस व्रतलाई निकै कठोर मानिन्छ । व्रतालुहरूले पवित्र स्नान, उपवास, पानीसमेत नपिउने, लामो समयसम्म पानीमा खडा हुने, प्रार्थना प्रसाद र अर्घ्य दिने गर्छन् । भारतको बिहार र नेपालको तराईका जिल्लामा प्राचीनकालदेखि नै छठलाई मुख्य पर्वका रूपमा मनाइँदै आइएको छ । पछिल्लो समय राजधानी काठमाडौँसहित धेरै स्थानमा पहाडिया समुदायले पनि यो पर्व मनाउने गरेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np