Global Force Media

२०८२ असार ३ - Tue Jun, 2025 -

जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद विरुद्ध संघर्षको झण्डा उठाउन सहयोग पुग्ने उनले बताए ।

दक्षिणी भेगमा बसोबास गर्ने जनताले विविधखाले समस्या व्यहोरिरहेको उल्लेख गर्दै उनले देशको सीमा रक्षकको रूपमा रहेका जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे । दक्षिण क्षेत्रका जनताले डुबान र कृषि मलको समस्या व्यहोरिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस क्षेत्रका आदिवासी समुदायको पहिचानको मुद्दा पनि उत्तिकै महत्त्वपूर्ण भएको बताए ।

यस्तै उत्पीडित क्षेत्रका जनसमुदायको मुक्तिका लागि महान् जनयुद्ध भएको स्मरण गराउँदै उनले नयाँ संविधानमार्फत धेरै समस्यालाई नीतिगत रूपमा सम्बोधन गरिए पनि व्यवहारिक कार्यान्वयनमार्फत जनताको अवस्था बदल्दै आवश्यक परे संविधान संशोधनमार्फत उत्पीडित समुदायको अधिकार थप्दै लैजाने बताए ।

अहिले सत्तारुढ दलहरू जनताको अधिकार थप गर्नुको साटो भएको अधिकार पनि कटौती गर्ने षड्यन्त्रमा लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यी षडयन्त्रविरुद्ध जनतालाई सचेत बनाउँदै आवश्यक परे संघर्षमा उत्रन समेत आह्वान गरे । उत्पीडित वर्गको पक्षमा संघर्षको माओवादीले गर्ने उल्लेख गर्दै उनले यो अभियान त्यसका लागि सचेतना अभियान पनि भएको बताए ।

हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान सकिएपछि वैशाखदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सुरु हुने र दुवै अभियान सकिँदासम्म जनताले थप अजयशक्ति प्राप्त गर्ने र त्यसले जनताको अधिकारविरुद्ध जस्तो जस्तोसुकै षड्यन्त्रलाई पनि परास्त गर्ने उनले स्पष्ट गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np