Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

ओलीको दाबी : ‘बाध्यात्मक परिस्थितिले संसद् विघटन गर्नुपरेको हो’

ओलीको दाबी : ‘बाध्यात्मक परिस्थितिले संसद् विघटन गर्नुपरेको हो’

unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णयलाई पुनः एक पटक बचाउ गर्नुभएको छ ।

आज मङ्गलवार सार्वजनिक भएकाे पार्टीको घोषणापत्रमा अध्यक्ष ओलीले संसद् विघटनलाई आफ्नो बाध्यात्मक परिस्थिति भएको उल्लेख गर्नुभएको हो । घोषणापत्रमा लेखिएको छ, ‘जनादेश विपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए । पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा प्रतिनिधि सभा विघटन गरेर नयाँ चुनावकाे घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो  ।’

घोषणापत्रमा ओलीले तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड, नेता माधव नेपाल र उहाँको पक्षले आफ्नो सरकार र पार्टी विघटन गर्न लागेकाले संसद् विघटन गर्नुपरेको उल्लेख गर्नुभएको छ । ‘तत्कालीन नेकपाभित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरू यसका लागि प्रयोग भए । उनीहरूका लागि आन्दोलन र देशको भविष्यभन्दा आफ्नो अहङ्कार, कुण्ठा तथा आफ्नो परिवार र गुटको हित ठूलो भयो, राष्ट्रको स्वाभिमान र गरिमाभन्दा व्यक्तिगत स्वार्थ सर्वोपरि बन्यो’, घोषणापत्रमा उल्लेख छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np