Global Force Media

२०८१ बैशाख ४ - Tue Apr, 2024 -

कर्मचारीले माइक बिगारिदिएको भन्दै रिसाए अध्यक्ष तिमिल्सिना

२८ मंसिर, काठमाडौं । मंगलबार संसद सेवा दिवसको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद सचिवालयका कर्मचारीको सुविधा बढाउन नसक्ने धारणा राखेका थिए ।

उक्त भनाइबाट रुष्ट संसद सचिवालयका कर्मचारीहरुले बुधबार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिएको तिमिल्सिनाले आरोप लगाए ।

तोकिएको समयमा कर्मचारीहरु कार्यक्रम स्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाए । सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटीहरु गरेको भन्दै उनले घोर आपत्ति जनाए ।

कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै उनले कहिलेकाहीँ सुविधा कम हुँदा पनि सेवालाई अघि बढाउन पछि हट्न नहुने बताए ।

कार्यक्रममा तिमिल्सिनाले के भने ?

म हिजोबाट हेरिरहेको छु, अरु त सबै व्यवस्थापन समितिले संघीय संसदको नेतृत्वले वा नेपाल सरकारले सुविधा दिएर यहाँहरुले भन्नुभएको कमी कमजोरीहरु भएका होलान्, विमोचन गर्ने पुस्तक पनि सेवा नभएर यति ढिला आयो । माइकहरु राष्ट्रगान बजाउने बेलामा, बोल्ने बेलामा सेवा नै नपुगेर मात्रै हो बिग्रिएको ? अनि हामी हाम्रो दायित्व त पटक्कै पूरा नगर्ने ।

मलाई लाग्छ, केही करारमा बाहेक, सबै लोकसेवा लडेर आउनुभएको छ । लोकसेवा लड्दा खाली सहसचिव, उपसचिव, अधिकृतको प्रतिस्पर्धा मात्रै हेर्नुभयो कि ? त्यहाँ जाँदा सेवा, सुविधा के हुन्छ भनेर पनि हेर्नुभयो ? संघीय संसदमा आएर भन्सारको डिजी हुन चाहनेहरु पनि देखियो ।

कसरी तालमेल मिल्छ यो कुरा ? तपाईंहरु कहाँ हुनुहुन्छ ? राजनीतिमा हेर्‍यो, सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फोड्ने, संसदमा आम रुपमा पुराना राजनीतिक पार्टी, सांसदहरुप्रति जे गुनासो आयो ? त्यो अर्कोको कारणले होइन । सुविधा नपुगेको कारणले होइन ।

आफूले गर्नुपर्ने ड्युटी, इमान्दारिता, अनुशासन र समर्पणका कमीले ती कुराहरु आएका हुन् । यो कुरा सबैले बुझ्नुपर्छ । यो सेवामा न्यूनतम सुविधा कटौती भएको छ भने त्यहाँनेर भन्नुहोस् । म घोर आपत्ति व्यक्त गर्दछु । पकेटबाट हामीले कसलाई पुरस्कृत गरेका छौं ? एक जना देखाउनुस्, प्रमोशन र पुरस्कृत एक जना पनि राष्ट्रिय सभाको अध्यक्षले पकेटबाट गरेको छ भने आज राजीनामा दिन्छु । यस्ता वाहियात कुरा बोल्ने, बोल्न मिल्छ ?

आफ्नो ड्युटी पूरा गर्ने र सुविधा पनि लिँदै जाने हो । तर यही तालले विमोचन पुस्तकका लागि यहाँ रोकेर राख्ने ? विधेयक समितिबाट एउटा निर्णय पास हुन्छ, टाइप गरेर अर्कै पठाइएको होइन, हाम्रो दोष हो त्यो । तपाईहरुले सबै राम्रो गर्नुभएको छ ? आफूले सुधार्नुपर्ने कुरा कतै नबोल्ने, के चाहियो खाली सुविधा, सुविधा चाहिन्छ तर सेवा पनि चाहियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np