Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

केही पत्रकारहरूलाई निलम्बन गर्ने ट्वीटरको निर्णय निन्दनीय : राष्ट्रसंघ

न्युयोर्क- संयुक्त राष्ट्रसंघले केही पत्रकारहरूलाई निलम्बन गर्ने ट्वीटरको निर्णयको निन्दा गरेको छ । यसअघि युरोपेली युनियनले पनि विरोध जनाएको थियो ।
ट्वीटरले न्युयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टका पत्रकारलगायतका खाता बन्द गरेको थियो ।

मिडिया स्वतन्त्रता ‘खेलौना नभएको’ संयुक्त राष्ट्रसघले ट्वीट गरेको छ भने ईयूले ट्विटरलाई प्रतिबन्धको धम्की दिएको छ ।

ट्विटरका प्रवक्ताले अमेरिकी प्रविधि समाचार वेबसाइटमाथिको प्रतिबन्ध लोकेसन डाटाको लाइभ सेयरिङसँग सम्बन्धित रहेको बताए।
विश्वव्यापी सञ्चारका लागि संयुक्त राष्ट्रसंघका महासचिव मेलिसा फ्लेमिङले पत्रकारहरूलाई ट्विटरबाट मनोमानी ढंगले निलम्बन गरिएको रिपोर्टले गहिरो विचलित भएको बताइन्।

‘मिडिया स्वतन्त्रता खेलौना होइन’ उनले भनिन्, ‘स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला हो र हानिकारक विकृति विरुद्धको लडाईमा एक प्रमुख उपकरण हो ।’

न्यूयोर्क टाइम्सका प्रवक्ताले निलम्बनलाई ‘संशयास्पद र दुर्भाग्यपूर्ण’ भने ।

मस्कले आफ्नो निजी जेट ट्र्याक गर्ने प्रोफाइलको मालिकलाई मुद्दा हाल्ने वाचा गरेपछि निलम्बन गरिएको हो । एजेन्सी

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np