Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्ज्तिा श्रेष्ठ चयन

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्ज्तिा श्रेष्ठ चयन

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई चयन गरेको छ ।

पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा यही पुष ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले श्रेष्ठ चौधरीलाई दलको नेतामा चयन गरेको जानकारी दिएको हो । त्यस्तै, दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरी, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई छनोट गरेको छ भने मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरेको छ ।

पत्रकार सम्मेलनमा दलका नेता रञ्जिता श्रेष्ठ चौधरीले आफू आफ्नो क्षेत्रका जनताका दरिलो आवाज बनेर उभिने बताए । आफ्नो दलले अघि सारेका माग र मुद्दा सम्बोधन गराउन निरन्तर लागिरहने उनको भनाइ छ ।

उक्त दलले आगामी २०८० साल वैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टीकापुरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np