Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्यले लिए शपथ

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्यले लिए शपथ

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार प्रदेश प्रमुख तिलक परियारले शाहलाई शपथ खुवाएका हुन्।

६६ वर्षीय शाह कर्णाली प्रदेशका ४० जना सदस्यमध्ये ज्येष्ठ सदस्य हुन्। उनी नेकपा एमालेको तर्फबाट दैलेख २ ९ख० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

शाह नेकपा एमालेको कर्णाली प्रदेश कमिटीका अध्यक्ष हुन्।

उनी संघीयता अघि सांसद थिए। त्यतिबेला उनी राज्यमन्त्री बनेका थिए।

सोमबार बिहान शपथ लिएका शाहले कर्णाली प्रदेश सभाका अरू ३९ जना सांसदलाई दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ खुवाउने छन्। प्रदेश सभामा सभामुख चयन नभएसम्म संसद बैठकको पनि उनले नै अध्यक्षता गर्नेछन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np