Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

नेपाल टी-२० लिगमा विराटनगरसँग पराजित हुँदै फारवेष्ट बाहिरियो

नेपाल टी-२० लिगमा विराटनगरसँग पराजित हुँदै फारवेष्ट बाहिरियो

२२ पुस, काठमाडौं । फारवेष्ट युनाइटेडमाथि रोमाञ्चक ३ रनको जित निकाल्दै विराटनगर सुपर किङ्गसले नेपाल टी(२० लिग क्रिकेट प्रतियोगितामा प्लेअफ सम्भावना कायम राखेको छ ।

विराटनगरसँगको खेलमा जित नजिक पुगेर पराजित भएको फारवेष्ट भने प्रतियोगिताबाटै बाहिरिएको छ ।

अन्तिम १ बलमा ४ रन चाहिने अवस्थामा कियोन जोसेपले दुर्गेश गुप्तालाई रन आउट गराउँदै विराटनगरलाई जित दिलाए । फारवेष्ट युनाइटेडका लागि ओपनर हस्मतुल्लाहले सर्वाधिक ५८ रन बनाए । उनले ४६ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

विनोद भण्डारीले १० रनमा नन्दन यादवको बलमा बोल्ड भए । नुर अहमद १० रनमा आउट भए । उमर अलीले १२ बलमा २३ रन जोडे । प्रकाश जैशी ३ रनमा अविजित रहे ।

विराटनगरका लागि राज नन्ननले सर्वाधिक ३ विकेट लिए । सूर्य तामाङले २ विकेट लिए । कियोन जोसेप र नन्दन यादवले समान १–१ विकेट लिए ।

त्यसअघि, कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको विराटनगरका लागि हुसेन तलातले सर्वाधिक ५० रन बनाए । उनले २९ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

ओपनरद्वय गौरान्सु शर्मा र प्रदिप ऐरी क्रमशः १ र ३ रनमा आउट भए । १।२ ओभरमा नै २ विकेट गुमाउँदा केही धरापमा परेको ब्याटिङलाई हुसेनले समाले ।
कप्तान रोहित पौडेलले २९ बल खेल्दै २१ रन बनाए । अर्जुन साउद २२ रनमा रन आउट भए । विवेक यादव ३५ रनमा र राज नन्नन २ रनमा अविजित रहे ।

फारवेष्टका लागि उमर अलीले २ विकेट लिए । करण केसी र दुर्गेश थापाले समान १–१ विकेट लिए ।

जितसँगै विराटनगर भने ९ खेलमा ४ जित र ५ हारसहित ८ अंकका साथ चौथो स्थानमा छ र उसको अघिल्लो चरणमा पुग्ने संभावना कायम छ ।

फारवेष्टले आफ्नो अन्तिम खेल शनिबार पोखरासँग खेल्नेछ । त्यस्तै विराटनगरले शनिबार हुने पहिलो खेलमा काठमाडौं नाइट्ससँग खेल्नेछ । शनिबार हुने दुवै खेलको नतिजापछि प्लेअफ पुग्ने बाँकी २ टिमको टुङ्गो लाग्नेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np