Global Force Media

२०८१ बैशाख ३ - Mon Apr, 2024 -

नेपाल टी-ट्वान्टीः पोखरा पराजित हुँदा काठमाडौँ प्लेअफमा

नेपाल टी-ट्वान्टीः पोखरा पराजित हुँदा काठमाडौँ प्लेअफमा

काठमाडौँ – पोखरा एभेन्जर्सले फार वेस्ट युनाइटेडसँग पराजय भोगेपछि काठमाडौँ नाइट्स नेपाल टी-ट्वान्टी क्रिकेट लिगको प्लेअफमा प्रवेश गरेको छ । प्लेअफमा पुग्न पोखराले अन्तिम खेलमा फार वेस्टलाई ठूलो अन्तरले पराजित गर्नुपर्ने थियो । तर शनिबार भएको अन्तिम खेलमा भने पोखराले फार वेस्टसँग ४१ रनको पराजय भोग्यो ।

यससँगै काठमाडौँ प्लेअफमा पुग्दा पोखरा र फार वेस्ट भने प्रतियोगिताबाट बाहिरिएका छन् । ६ टिम सहभागी लिगमा समान १० खेलबाट लुम्बिनी अल स्टार्सले १६ अंक, जनकपुर रोयाल्सले १४, विराटनगर सुपर किंग्सले १० तथा काठमाडौँले ८ अंक हात पार्दै प्लेअफमा स्थान बनाए । पोखरा र फार वेस्टले समान ६-६ अंक जोडे ।

शनिबारको खेलमा फार वेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखराले १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ४६ रनमात्र जोड्न सक्यो । पोखराका लागि कप्तान उपुल थरंगाले ३६ रन तथा प्रतिश जिसीले ३४ रन बनाए ।

फार वेस्टका दुर्गेश गुप्ताले ३ विकेट, प्रकाश जैसी र हसमतुल्लाह शाहिदी समान २-२ विकेट तथा करण केसीले १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रन बनायो । फार वेस्टका लागि हसमतुल्लाह शाहिदीले सर्वाधिक ६७ तथा विनोद भण्डारीले ५९ रनको योगदन गरे । पोखराका लागि अभिमन्यू मिथुनले २ तथा प्रतिश जिसीले १ विकेट लिए ।

आइतबार पहिलो प्लेअफमा लुम्बिनीले जनकपुरको सामना गर्नेछ भने सोमबार एलिमिनेटरमा काठमाडौँ र विराटनगर भिड्नेछन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np