Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

मलेसियामा बन्धक बनाइएका नेपाली स्वदेश फर्किँदै, भोलि ६ जना बाँकी २९ गते आउने

मलेसियामा बन्धक बनाइएका नेपाली स्वदेश फर्किँदै, भोलि ६ जना बाँकी २९ गते आउने

काठमाडौँ- मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना भोली मंगलबार स्वदेश फर्किने भएका छन् ।

नेपालबाट मलेसिया गएका नेपालीहरू समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरूको अवस्था बुझि तत्काल रिहाई तथा उद्दारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो । बन्धक बनाइएका नेपालीहरूको अवस्था बुझेर तत्काल उद्दारका लागि पहलपछि मलेसियाको PRS Forest Management कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन् ।

मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार हाल उक्त कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरूलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।

दूतावासको पहलमा उनीहरूमध्ये ६ जना मंगलबार १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका छन् ।

यसैगरी मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरूको समस्या हल गर्नसमेत पहल भइरहेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np