Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

गुण नियन्त्रण विभाग बबरमहलका ईन्जिनियर योगेन्द्र ढुंगेल १ लाख ५० हजार घुससहित पक्राउ

गुण नियन्त्रण विभाग बबरमहलका ईन्जिनियर योगेन्द्र ढुंगेल १ लाख ५० हजार घुससहित पक्राउ

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलका आठौं तहका कर्मचारीलाई १ लाख ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

विभागका ईन्जिनियर योगेन्द्र ढुंगेललाई आयोगको टोलीले आज नियन्त्रणमा लिएको हो ।

खानेपानी जार तथा मिनरल वाटर भरी बिक्री वितरण गर्नका लागि अनुज्ञा पत्र लिने क्रममा विभागमा जाँदा सेवाग्राहीलाई ढुङ्गेलले समयमा काम नगरी दुःख हैरानी दिई १ लाख ५० हजार घुस लिएको आधारमा उनलाई आयोगले पक्राउ गरेको हो ।

आयोगले उनको साथबाट उक्त रकमसमेत बरामद गरेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np