Global Force Media

२०८१ बैशाख १ - Sat Apr, 2024 -

थारु राष्ट्रिय साहित्य सम्मेलन सुरु, राप्तीसोनारीको विकास र थारु भाषाबारे छलफल

थारु राष्ट्रिय साहित्य सम्मेलन सुरु, राप्तीसोनारीको विकास र थारु भाषाबारे छलफल

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा राष्ट्रिय थारु सम्मेलन २०७९ सुरु भएको छ । शुक्रबारबाट सुरु भएको यो सम्मेलन ७ औँ शृङ्खला हो । सम्मेलनलाई लुम्बिनी प्रदेशका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरे ।

सम्मेलनमा थारु साहित्यसँगै, राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा बहस थालिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरमा आयोजित सम्मेलनमा थारु साहित्यको समकालीन अवस्था, थारु र गैरथारु साहित्यकारबीच समन्वय, विकासमा बरघरको भूमिका, पश्चिम नेपालमा राजनीतिक फिलिङ्गो, थारु हस्तकला, आख्यानमा थारु जीवन, थारु साहित्यमा युवालगायत विषयमा चर्चा हुने थारु लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले बताए ।

उद्घाटनका दिन विविध सांस्कृतिक कार्यक्रम गरिएको सम्मेलनमा शनिबार बहस र छलफलका कार्यक्रम थालिएका छन् । छलफल कार्यक्रमको सुरुवातमा `राप्तीसोनारीको विकासका लागि के छ प्राथमिकतामा ?´ विषयमा छलफल चलाइयो । गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषासिंह थारु र वडा नम्बर ७ का वडाध्यक्ष रामलखन चौधरीसँग विमला चौधरीले कुराकानी गरिन् । स्थानीय साधन र स्रोतको प्रयोगलाई प्राथमिकतामा राखिएको वक्ताहरूले बताए ।
गाउँपालिका अध्यक्ष तप्त पौडेलले स्थानीयलाई कृषि क्षेत्रको विकासमा लाग्न प्रोत्साहन गर्दै सरकारले सक्दो सहयोग गर्ने बताए । शनिबार नै दोस्रो छलफल अन्तर्गत `आदिवासी भाषा दशक र बाँकेको मातृभाषा´ शिर्षकमा बहस गरियो । आदिवासी जनजाति विज्ञ भोलाराम चौधरी र युनेस्को प्रतिनिधि वर्षा लेखीसँग शेखर दहितले संवाद गरे । पाठ्यक्रम एवम् सरकारी तथा कामकाजी भाषाका रूपमा थारु भाषाको प्रयोगका बारेमा चर्चा भयो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np