Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

नेपाली कांग्रेसलाई पनि सत्ता साझेदार बनाउनु पर्छ : वाइसीएल इञ्चार्ज दीपशिखा

नेपाली कांग्रेसलाई पनि सत्ता साझेदार बनाउनु पर्छ : वाइसीएल इञ्चार्ज दीपशिखा

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा वाइसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले मध्यावधि चुनाव खर्च जोगाउनका लागि नेपाली कांग्रेसलाई पनि सत्ता साझेदार बनाउनुपर्ने बताएका छन्।

एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किने चर्चा चलिरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनिकट रहेका सापकोटाले यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतिय हुनुपर्छ । मुलुकलाई मध्यावधि चुनावको खर्चभारबाट जोगाउने हो भने नेपाली कांग्रेसलाई पनि सत्ता साझेदार बनाउनुपर्छ ।’

उनले जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतिय हुनुपर्ने बताएका छन्। कांग्रेसबाट राष्ट्रपति, माओवादीबाट प्रधानमन्त्री र एमालेबाट सभामुख भएपछि मात्रै मुलुक बच्ने उनको भनाइ छ।

‘अहिले कांग्रेसबाट राष्ट्रपति, माओवादीबाट प्रधानमन्त्री र एमाले बाट सभामुख । २र५ वर्षपछि एमालेबाट प्रधानमन्त्री माओवादीबाट सभामुख हुँदा मात्रै सत्ता अस्थिरताबाट मुलुक बच्छ । हामीले हामी सबै पार्टीको नेतृत्व र प्रवृति चिनेका बुझेका छौं । यसको सबैभन्दा ठुलो सहजकर्ता एमाले बन्नुपर्छ ।’

उनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डप्रति कांग्रेससहित सबै दलले देखाएको सहमतिय सद्भावप्रतिको उहककाको उत्तरदायित्व यसैगरी पुरा हुने बताए।मुलुकको विशिष्ठ अवस्थामा प्रतिपक्षिय भुमिका नागरिक समाज, आम नागरिक र राज्यको चौथो अंग मिडियालाई छोडे केही नबिग्रने उनको भनाइ छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np