Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

दाङमा दृष्टिविहीन बालिका बलात्कृत, एकजना पक्राउ

दाङ- दाङमा एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । राप्ती गाउँपालिका-२ लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत वर्ष १३ की एक दृष्टिविहीन बालिका बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय भालुबाङले सोही विद्यालयमा कार्यरत कार्यालय सहयोगी तथा स्कुल बसका सहचालक गढवा गाउँपालिका-१ का ४५ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको छ । उनलाई आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

भदौ ४ गते उनले बालिकामाथि बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । ५ वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरीले जनाएको छ ।​

पीडित बालिकाले आजै इलाका प्रहरी कार्यालय भालुबाङमा उजुरी दिएपछि आरोपित खनाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनलाई म्याद थपका लागि दाङ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np