Global Force Media

२०८३ बैशाख १९ - Sat May, 2026 -

२०८४ मा माओबादी एक्लै लडेर देखाउ भन्ने कांग्रेस एमाले हरूले राम्रोसँग बुझुन् – धिरज उपरकोटी

माओबादी एक्लै लडेर देखाउ भन्ने कांग्रेस एमाले हरूले
राम्रोसँग बुझुन । है एक्लै लड्न माओवादी तयार छ ।।

हामी निरास भएको छैनौ एउटा छुटै उर्जा पलाएको छ १६ गतेको मतदानले ।
मेहनत गर्नुपर्छ मेहनत गरेपछी फल प्राप्त हुन्छ भन्नेउदाहरण राम्रो पाएको छौ ।
हामी नेता कार्यकर्ताको ब्यबहार सुधार्नुपर्छ, जन्ता मुखी कार्यकर्ता मुखी हुनुपर्छ, जनता अझै माओवादी प्रती आसा र भरोसा मा छन भन्ने बलियो आधार बनेको छ । १६ गतेको निर्वाचनले

माओवादीले पहाड, तराई, आफ्नो गढ, अर्काको गढ गरी सबैतिर जितेका कारण र हारेको पनी झिनो मतान्तारले हारेको माओवादीलाई सकिएको शक्ति हो सिङ्ल लडेर देखाउ कांग्रेस एमाले हरूले भन्ने खालको भाष्यलाई एक्दम बलियो रूपमा चिरेको छ ।

०८४ सालसम्म माओवादी सत्ताको खेलमा नलाग्ने र पार्टी एकढिक्का बनाउने र नेताहरूको परिवार बाद गुटबाद , बन्द गर्ने बिच्चौलीया ठेकेदार ब्यापरी कर्मचारी सुकीला मुकिला संग भेटघाट उठबस अन्त गर्ने

र जितेका स्थानीय जनप्रतिनिधि हरूले पनी म पार्टी हो र मलाई पार्टीले जन्ताको सेवा गर्न पठाएको हो
पार्टीको घोषणापत्र मा उल्लेख गरिए अनुसार काम गर्नुपर्छ र भोली म न उठेपनी जुन ब्याक्ती उठे पनी पार्टीलाई जिताउनु पर्छ र मुख्य पार्टी हो भनेर लाग्ने पार्टीको एजेण्डा अनुसार काम गर्नुपर्छ भनेर काम गर्नी हो भने सशक्त ठुलो शक्तिको रूपमा अगाडि आउने १००५ छ ।

‘माओवादीले ०८४ सालसम्म सत्ताको खेलमा नलागेर जनताकै बिचमा गएर हिजो हामीले जनयुद्धमा उठाएको मुद्दालाई सम्बोधन गर्दै जन्ताको सेवामा अझ गहन ढंगले काम गर्ने, शहिद परिवार वेपत्तापरिवार होलटाईमर कार्यकर्ता परिवार लाई भेटघाट र समन्वय गरेर अन्य माओवादी शक्तिसँग एकताको गरेर अगि बड्ने भने त्यो पहिलो ठुलो दल एउटा ठुलो सशक्त शक्तिको रूपमा स्थापित हुन्छ भन्ने ठुलो
आशा जागेको छ हामीमा ।

पार्टी अध्यक्ष सहित पार्टी पदाधिकारी हरूको सोकीय सचिव र सचिवालय बस्ने हरूले ब्यबहार सुधार्नुपर्छ
र शहिद परिवार वेपत्तापरिवार कार्यकर्ता जन्ताले चाहेको बेला भेटघाट गर्न फोन मा कुरा गरेर आफ्नो समस्य राख्न पाउनुपर्छ।
तर बिचमा सोकीय सचिव र सचिवालय र परिवार हाबी भयो भने फेरी पार्टी बन्दैन ब्यबहार सुधार्नुपर्छ
नेता र सोकीय सचिव र सचिवालय र परिवार छोरा भतिज भाई श्रमति आफन्तले ।

पार्टीले र पार्टीका नेतृत्व हरूले बिभीन्न कमिटीको जिम्मेवारी दिने सवालमा खल्ती बाट झिकेर ,नेताको चाकडी गरेकै भरमा, गुटको आधरमा जस्तालाई पनी माथी ल्याउने काम बन्द गर्नुपर्छ।
हिजो यही पार्टी भनेर २०औ वर्ष देखी होलटाईमर हुदै निरन्तर पार्टीमै काम गरिरहेका हरूलाई पाखा लगाएर अन्य लाई बिचबाट ल्याएर दाई भाई भनेर नेतृत्व जिम्मेवार दिने कुरा बन्द गर्नुपर्छ। अनी पार्टी सुदृढ बन्छ बनाउनुपर्छ।

पार्टी बाट निर्वाचित भयसी गाउँ पालीका अध्यक्ष उपाध्यक्ष मेयर उपमेयर वडा अध्यक्ष प्रदेश सांसद सघिय सासंद भयसी मलाई पार्टीले
पार्टीको घोषणापत्र अनुसार काम गर्न पार्टीको सिद्धान्त अनुसार काम गर्नुपर्छ भन्ने अठोट हुनुपर्छ।
मन्त्री भयसी धेरै कुरा ब्यबहार उठ बस बानी ब्यबहार सुधार्नुपर्छ नेतृत्व र परिवार सचिवालय हरूले ।

पार्टी अध्यक्ष प्रचण्डले ०६४ साल फर्काउँछु भनेर एउटा सन्देश दिनु भएको छ । देश भरी तर प्रचण्डले मात्र भनेर हुँदैन तर अन्य नेतृत्व हरूले पनी प्रचण्ड जसरी खट्ने र कार्यकर्ता र जन्तासंग सधै समन्वय र गाउ समाको सेवामा समर्पित भयर खट्ने सधै प्रचण्ड लाई घुर्की लाएर बार्केलिङ गरेर लाभको पद लिने जिम्मेवार लिने काम बन्द गर्नुपर्छ अनी प्रचण्डले भनेकै सन्देशको मुल उद्देश्य पुरा हुन्छ हामी जन्ता सहित हामी , कार्यकर्तामा विश्वास आएको छ ।

हामी कार्यरत हरू अली सुधार बादी भएको छौ । हामी गाउका मान्छे संग जन्तासंग भन्दा गाडी चढ्ने ठुलो ब्यापारी ठुला उधोग पति र कर्मचारी हरू संग मात्र भेटघाट बन्द गरौ गाउका जन्ता सामान्य कार्यकता हरू सबैलाई भेटघाट समन्वय गर्नुपर्छ

८४ को चुनाव आउन ५ / ६ महिना पहिले सबै नेता कार्यकर्ता हरूलाई गाउ गाउ पठाउने जन्तासंग भेटघाट
जनसुधारको काम गर्ने गरी गरियो भने
२०८४ हाम्रो पोल्टा मा १००५ छ।अनी हामि ०६४ मै पुग्ने र एउटा बलियो शक्तिको रूपमा उदय मान हुने हिजोको मतदानले देखाएको छ।
८४ मा ठुलो शक्ती बन्छ ।

 लेखन – धिरज उपरकोटी – वाईसिएल नेपाल केन्द्रिय सचिव । ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np