Global Force Media

२०८१ बैशाख २८ - Fri May, 2024 -

आलु प्याजमा लगाएको कर सुधार गर्नुपर्छ : डा.कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको ७ औं महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताए । उनले कुनै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महँगो हुने दाबी गरे । उनले अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलु, प्याजमा कर लगाउनु नेपाली उपभोक्ताका लागि राम्रो नभएको बताए ।

कोइरालाले नेपाली जनताको भान्सा महँगो भएकाले सरकारले आलु, प्याजमा लगाएको कर तत्काल संशोधन गरेर जान माग गरे । उनले सत्तापक्षका सांसदहरूले नै आफ्ना मागहरू सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्था कांग्रेस कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।

नेता कोइरालाले सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालयको शाखा बनाउने विषयको विरोध गरे । उनले सरकारले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउँदा कसरी निर्वाचन स्वच्छता र निष्पक्ष हुन्छ सरकारले बुझाउन आग्रह गरे ।

उनले अहिले देशले बाटो बिराएको जस्तो आफूलाई आभास भएको बताए । उनले मुलुकमा जवाफदेहिता, उत्तरदायित्व, सुशासन र दण्डहीनतालाई अन्त्य हुन नसके लोकतन्त्र सुदृढ हुन नसक्ने बताए । उनले नेपाली कांग्रेस लोकतन्त्र सुदृढ बनाउन खरो रूपमा मैदानमा उत्रन आवश्यक रहेको बताए । उनले मुलुकमा दण्डहीनता, सुशासन, भ्रष्टाचार मौलाएको भन्दै चिन्ता व्यक्त गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np