टीआरसी विधेयक राष्ट्रिय सभामा टेबुल
काठमाडौँ- संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ ।
बिहीबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ का सन्दर्भमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराए टेबुल गराएका हुन् ।
उक्त विधेयक बुधबार प्रतिनिधि सभाबाट पारित भएको थियो ।
राष्ट्रिय सभाले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रक्रिया अघि बढ्ने छ ।