Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

सुन प्रकरणमा थप एक जना कोटेश्वरबाट पक्राउ

सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

राजश्व अनुसन्धान विभागको टोलीले थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजन श्रेष्ठ छन्।

उनी एक कम्पनीका प्रोप्राइटर छन‍्। उनलाई विभागको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो।

उनको पनि यस प्रकरणमा संलग्न भएको आश‌ंकामा पक्राउ गरेको स्रोतले बतायो।

योसँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ। मं‌गलबार हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजबाट आएको ब्रेक शुमा राखेर सुन तस्करी गरेको खुलेको हो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर निस्किएको सुन ट्याक्सीमा चढिसकेपछि विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

८० देखि १०० किलो सम्म सुन हुनसक्ने अनुमान छ। यकिन परिमाण थाहा पाउन राष्ट्र बैंकको टक्सार महाशाखामा सुन पठाइएको छ।

विभागले ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेल पक्राउ परेका छन्। उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागले उच्च अदालत पाटनसँग अनुमति लिएको छ।

चिनियाँ नागरिक लिन जेछियाङ पनि पक्राउ परेका छन्। अहिलेसम्म उनी नै यस प्रकरणका मुख्य भूमिकामा देखिएका छन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np