Global Force Media

२०८१ बैशाख २५ - Tue May, 2024 -

यो संसद् रहेसम्म देश विकास हुँदैनः वामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले यो संसद् रहँदासम्म देश विकास नहुने बताएका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाले कार्यकारी चुन्ने प्रणाली हुँदासम्म देश अगाडि जान नसक्ने ठोकुवा गरेका हुन्।

‘प्रदेश सभाको के काम छ? संविधानमा छ त्यसकारण मैले अन्यथा भन्दिनँ। तर काम के छ? कहाँनेर गर्छ काम? २७५ जनाको प्रतिनिधि सभा किन चाहिएको छ? घटाउनुस्। यसलाई २०० मा झार्नुस्। २०३, २०५, अथवा १५०, १५१ बनाउनुस् तै पनि चल्छ। राष्ट्रिय सभाको सदस्य हुँ भन्न त मिलेन। तर, प्रतिनिधि सभाभन्दा छुट्टै के छ? अधिकार के छ? कर्तव्य के छ?,’ उनले भने।

उनले बेलायतको नक्कल गरेर संसदीय प्रणाली अवलम्बन गरिएको बताए।

‘१७ औं शताव्दीको कुरा हो, जतिबेला राजाको टाउको काटेर बेलायतभरि घुमाएका थिए। पछि श्रमिकहरूले विद्रोह गरेपछि श्रमजीवीकोविरूद्ध त्यहाँका जमिन्दारहरू मिलेर छुट्टै अपर हाउस बनाए, जसलाई हाउस अफ लर्ड भनियो।लर्ड भनेको भगवान मात्रै होइन, लर्ड भनेको जमिन्दार, सामन्त पनि हो। तिनीहरूसँग मिलेर हाउस अफ् कमन भनियो,’ उनले भने, ‘नक्कल गरेर हामी अहिले यहाँ छौं। नक्कल धेरैतिर भएको छ। संसदीय क्षेत्रमा पनि भएको छ। यो संसद् रहँदासम्म विकास हुँदैन देश अगाडि जान सक्दैन। प्रतिनिधि सभाले कार्यकारी चुन्ने प्रणाली हुँदासम्म देश अगाडि जान सकिँदैन।’

उनले सेनाको संख्या घटाउने विवाद अनावश्यक भएको बताए। देशको अखण्डताको रक्षार्थ खटिएको सेनाबारे बहस गर्ने तर देश विकासको कुरा नगर्ने हो भने श्राप लाग्ने बताए।

‘जसले देश जोगायो, जसले आफ्नो रगतले हरेक माटो रातो बनाएको छ। त्यसलाई घटाउनुपर्छ भनेर छलफल गर्ने तर देश विकास गर्ने कुनै काम नगर्ने त्यस्तो हामीले गर्‍यौं भने श्राप भोग्ने छौं, सतीको श्राप भन्ने छ नि त्यो श्राप भोग्ने छौं। त्यो बहसलाई खण्डन गर्न चाहन्छु,’ उनले भने।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np