Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

कांग्रेस गुट, उपगुटमा नराम्रोसँग फस्यो : गच्छदार

काठमाडौँ- नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताए । उनले नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुनेपनि बताए । उनले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए ।

‘केन्द्रीय कार्यसमितिको बैठक ६ दिनसम्म लगातार चल्यो, हिजो बोल्ने क्रम सकिएको छ, भोलि निर्णय सार्वजनिक हुँदैछ, बैठकको प्रत्यक्ष प्रशारण भयो, ऐतिहासिक मानिएको छ । बैठक महत्वपूर्ण भएको छ । समय अभावका कारण नेताहरुले आफ्ना सबै भनाइहरु राख्न पाएनन् । ७ मिनेटमा बोल्न धेरै गाह्रो थियो’ उनले भने ‘नेपालको राजनीति अन्योलपूर्ण भएको छ, अनिश्चितताको भुमरिमा फसेको छ । नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ । नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ । नेपाली काँग्रेसको पाइलट सभापति हो, अरु पदाधिकारी, सदस्य सभापतिको सहयोगी हुन्, को पाइलट हुन् । गुट, उपगुटमा नेपाली काँग्रेस नेपाली काँग्रेस नराम्रोसँग फसेको छ । देशको राजनीतिको अवस्था खराब छ ।’

नेता गच्छदारले देशको राजनीतिक अवस्था खराब रहेको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np