Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

ज्योति विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौँ– ज्योति विकास बैंकले १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ ।

वातावरण, स्वास्थ्य, सशक्तीकरण लगायतका विभिन्न क्षेत्रहरूमा सहयोग पुर्याउने हेतुले उक्त कार्यहरू गरिएको बैंकले जनाएको छ ।

शारीरिक तवरले फरक बालबालिकाहरूका लागि कृत्रिम हात प्रदान गर्न इनेबल नेपालसँग सहकार्य गर्न बैंकले सम्झौता गरेको हो । इनेबल नेपालसँगको सहकार्यमा बैंकले १५ जना बालबालिकाहरूलाई ‘ थ्रि डि प्रिन्टेड प्रोस्थेटिक ह्यान्ड्स प्रदान गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । विगत ३३ वर्षदेखि जनस्वास्थ्य सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको ‘फेक्ट नेपाल’सँगको सहकार्यमा बैंकले १५ विभिन्न ठाउँहरूमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको आयोजना गर्न सम्झौता गरेको छ ।​

फेक्ट नेपालको प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतना मूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविर जस्ता विभिन्न कार्यक्रमहरू बैंकले गर्ने प्रतिबद्धतासहितको सम्झौता गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा ‘फेक्ट नेपाल’का कार्यकारी निर्देशक गौरी प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण कार्यक्रमको पनि आयोजना गरेको छ । धनगढी उप–महानगरपालिकासंगको समन्वयमा बैंकले वृक्षारोपण गरेको हो ।

सोही वार्षिकोत्सवको अवसरमा बैंकको मुर्गिया शाखाले सैनामैना नगरपालिकाको वडा नं ५, ६ र ७ का सार्वजनिक स्थानहरूका लागि ५० थान डस्टबिन वितरण गरेको छ । स्वच्छ र सफा समुदायका लागि बैंकको मुर्गिया शाखाको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो ।

त्यस्तै बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको हो ।

वार्षिकोत्सवमा बैंकले लमजुङस्थित अपाङ्ग संरक्षण समाजसँगको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायता सामग्रीहरू प्रदान गरेको छ । बेंसीशहर शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले उक्त सहायता सामग्रीहरू वितरण गरेको हो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np