Global Force Media

२०८१ बैशाख २६ - Wed May, 2024 -

सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा कांग्रेस सांसदहरूकाे माग

काठमाडाैँ– नेपाली कांग्रेसका अधिकांश सांसदहरूले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस सांसदीय दलको बैठकमा क्विन्टल सुन तस्करी प्रकरण सामान्य नभएको भन्दै निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा कांग्रेसका अधिकांश सांसदहरूले जोड दिएका हुन् ।

बैठकमा शेखर कोइराला, प्रदीप पौडेल लगायतका नेताहरूले निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका थिए ।

आइतबारसम्म दलको बैठकमा ५० जना सांसदहरूले धारणा राखेका थिए भने सोमबार ११ बजे पुन: दलको बैठक बस्ने र आवश्यक निर्णय गरिने कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

लेखकले बैठकमा सरकार परिवर्तनका विषयमा कुनै छलफल नभएको बताए । उनले बैठकमा धेरै विषयमा धारणा आएको भन्दै सबै विषयलाई समेटेर सोमबार उचित निर्णय लिइने जानकारी दिएका छन् ।

त्यस्तै बैठकपछि कांग्रेस सांसद एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले सुन प्रकरणको छानबिनका विषयमा धारणा राखेको जानकारी दिए । उनले सत्तामा नरहेका कारण एमालेले लगातार सदन अवरुद्ध गरेको जिकिर गरे । उनले सदनबाटै सबै विषयको हल हुनसक्ने भएकाले सदन सुचारु गर्न गम्भीर हुनुपर्ने उल्लेख गरेका छन् ।

त्यस्तै कांग्रेस सांसद प्रदीप पौडेलले सुन तस्करीका विषयमा संयन्त्र बनाउनुपर्छ भन्नेमा अधिकांशको जोड रहेको बताएका छन् । अध्यागमन र सुरक्षा निकाय नमिलेसम्म क्विन्टल सुन भन्सारबाट बाहिरिन नसक्ने अवस्थामा छानबिनमा पनि उत्साह नदेखाएकाले राजनीतिक नेतृत्वप्रति पनि आशंका गर्नुपर्ने अवस्था सिर्जना भएको उनले जनाए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np