एसियन गेम्सः महिला भलिबलमा नेपालको खराब सुरुवात
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपालले खराब सुरुवात गरेको छ ।
शनिबार भएको समूह ‘सी’ अन्तर्गतको खेलमा नेपाली महिला भलिबल टिमले भियतनामविरुद्ध ३-० ले सोझो सेटमा पराजय भोगेको हो
भियतनामले नेपाललाई २५-४, २५-१६ र २५-१३ को सेटमा पराजित गरेको हो ।