Global Force Media

२०८१ बैशाख २७ - Thu May, 2024 -

संयुक्त राष्ट्रसङ्घका महासचिवको संसदमा सम्बोधन व्यवस्थापनका लागि तयारी तीव्र

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सङ्घीय संसद्को दुवै सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएपछि आन्तरिक तयारी थालिएको छ ।  यही कार्तिक १४ गते अपराह्न ४ बजे राष्ट्रसङ्घका महासचिवले नेपालको संसद्लाई सम्बोधन गर्नेबारे सरकारले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको छ ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रिपरिषदबाट प्राप्त महासचिव गुटरेसले संसद्लाई सम्बोधन गर्ने सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची राखिएको छ । गत कार्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्तिक १२ गतेदेखि १५ गतेसम्म महासचिव गुटरेसले नेपाल भ्रमण गर्ने कार्यतालिका स्वीकृत गरेको थियो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले महासचिवको सम्बोधनका लागि संसद् सचिवालयले आन्तरिक तयारी थालेको जानकारी दिएका छन् ।   उनले भने– ‘नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घका महामहिम महासचिवको भ्रमणलाई उच्च महत्त्व र सम्मान दिएको छ । सोहीअनुसार भोलि प्रतिनिधिसभाको बैठक छ, त्यसपछि संसद्मा  आन्तरिक सजावटको अलि–अलि काम हुन्छ । बैठक चल्दै गर्दा कुनै प्राविधिक समस्या नआओस् भनेर प्राविधिक पक्षहरूको

चेकिङ गर्ने काम हुन्छ । संवैधानिक अङ्गका प्रमुख, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गर्ने काम पनि भोलिदेखि हुन्छ ।’   महासचिव गुटरेशले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् । सो बैठकमा सांसदहरूका अलावा संवैधानिक अङ्गका प्रमुख, विदेशी राजदूत तथा कूटनीतिक अधिकारीहरू पनि सहभागी हुनेछन् ।

यसअघि गत असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमणमा आउने र असोज २७ गते संसद्लाई सम्बोधन गर्ने कार्यक्रम भए पनि प्यालेष्टाइनको हमास समूहले इजरायलमा आक्रमण गरेपछि उनको भ्रमण रोकिएको थियो ।  संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्यूर्योक गएका बेला प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसलाई नेपाल भ्रमणको निम्ता दिएका थिए

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np