Global Force Media

२०८१ बैशाख २३ - Sun May, 2024 -

ओलीलाई खोटाङका ज्येष्ठ नागरिकको सुझाव : मदिरा उत्पादनको केन्द्र तोकियोस्

विराटनगर । खोटाङका ज्येष्ठ नागरिकहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  मदिरा उत्पादन गरी विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

एमालेले सुरु गरेको पुष्पलाल मध्यपहाडी लोक मार्ग अन्तरगत झुलाघाट– चिवा भञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तरगत खोटाङ पुगेका अध्यक्ष ओलीलाई मदिरा उत्पादन गरी निर्यात गर्न सके स्थानीयको आर्थिक समृद्धि हुने र यसका लागि आवश्यक व्यवस्था मिलाउन ज्येष्ठ नागरिकहरूले सुझाव दिएका छन् ।

ज्येष्ठ नागरिक सङ्घ खोटाङले बुधवार बिहान अध्यक्ष ओलीलाई एक अनुरोध पत्र बुझाउँदै  खोटाङ जिल्लामा विभिन्न प्रकारका मदिरा उत्पादन हुने फलफूलहरू खेर गएको बताएका छन् । अनुरोध पत्रमा  अनुरोध पत्रमा बाहिरबाट मदिरा आयात भइरहेकाले अव यस्तो कार्य बन्द गरी खोटाङमै मदिरा उत्पादन गर्न र मदिरा उत्पादन केन्द्र तोक्ने व्यवस्था मिलाइदिन सुझाव दिएका छन् ।

सङ्घका अध्यक्ष दुर्गाप्रसाद घिमिरे र सचिव र राम ताम्राकारले बुझाएको अनुरोध पत्रमा मदिरा उत्पादनका लागि आवश्यक कानुनी प्रक्रियाको जिम्मा स्थानीय सरकारले लिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

यस्तै मदिरा उत्पादनका लागि प्रत्येक घरमा फलफूलबाट मदिरा उत्पादन हुने १० देखि १ सय  बोट सम्म रोप्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेका छन् । यस्तै मदिराका उत्पादन केन्द्र स्थानीय सरकारले तोक्ने गरीको व्यवस्था मिलाउन समेत अध्यक्ष ओलीलाई ज्येष्ठ नागरिकहरूले सुझाव दिएका छन् ।

सुझाव पत्रमा नदीको  किनारमा बाह्रै महिना खेती हुने खेतीयोग्य जमिन बाझै रहेको भन्दै यस्ता जमिनको समेत उपयोग गरिनु पर्ने उल्लेख छ । ज्येष्ठ नागरिकसँगको भेटघाटका क्रममा ओलीले खोटाङ आएर ज्येष्ठ नागरिकसँग भेट्न पाउँदा खुसी लागेको र आफू सधैँ ज्येष्ठ नागरिकको पक्षमा रहेको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np