Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

नेपालले दोस्रो अभ्यास खेलमा वेस्ट इन्डिजविरुद्ध खेल्दै

काठमाडौँ- दक्षिण अफ्रिकामा हुने आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपअघि नेपालले आज दोस्रो अभ्यास खेल खेल्दैछ ।

दोस्रो अभ्यास खेलमा नेपालले आज वेस्ट इन्डिजविरुद्ध खेल्ने तालिका रहेको छ । नेपाल र वेस्ट इन्डिजबीचको अभ्यास खेल दक्षिण अफ्रिकाको जोहानेसवर्गमा नेपाली समयअनुसार अपरान्ह १:४५ बजेबाट सुरु हुनेछ ।

यसअघि पहिलो अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो ।

विश्वकपका लागि भने नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा पाकिस्तान, अफगानिस्तान र न्यूजिल्यान्ड पनि रहेका छन् ।

नेपालले पहिलो खेल न्यूजिल्यान्डविरुद्ध जनवरी २१ मा खेल्ने तालिका रहेको छ । त्यसैगरी, समूह चरणको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध जनवरी २४ तथा तेस्रो खेल अफगानिस्तानविरुद्ध जनवरी २७ मा खेल्ने तय भएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np