Global Force Media

२०८१ बैशाख २३ - Sun May, 2024 -

माओवादी केन्द्रको चार महिने रूपान्तरण अभियान आजबाट सकिँदै

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सोमबार(आज) सकिँदै छ।
जनतासँग सम्बन्धविच्छेद भएर पार्टी बिग्रिएको निष्कर्षसहित नेकपा माओवादी केन्द्रले सुरू गरेको अभियान मूलभूत रूपमा सफल भएको निचोड निकालेको र आज समापन गर्न लागिएको महासचिव देव गुरूङले जानकारी दिनुभयो।
माओवादीले गत भदौ १७ गतेदेखि मंसिर १७ सम्मका लागि तीन महिने अभियान सुरू गरेको थियो। अभियानप्रति जनताको साथ–समर्थन रहेको निष्कर्ष निकाल्दै थप एक महिना लम्ब्याइएको थियो।
साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले सबै तहमा पार्टी समितिको बैठक र प्रशिक्षण आयोजना गर्ने, समिति नभएका वडामा समिति गठन गर्ने, पार्टीलाई वैचारिक बहससहित वर्तमानका चुनौती सामना गर्न योग्य बनाउने उद्देश्यसहित अभियान सुरू गरेको थियो।
अभियानका क्रममा एउटा पालिकामा कम्तीमा एक जना माओवादी केन्द्रीय नेता खटिएका थिए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np