Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

धादिङ नीलकण्ठ बहुमुखी क्याम्पसमा कबड्डी कप उद्घाटन

 

धादिङ । ने.क पा माओवादी निकट अखिल क्रान्तीकारी नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीकोे आयोजनामा सञ्चालन भएको ‘नीलकण्ठ कबड्डी कप २०८०’को उद्घाटन गरिएको हो ।

प्रमुख अतिथि ने.क.पा.माओवादी केन्द्र धादिङका संयोजक एवम् सहिद स्मृति सञ्चार सहकारी संस्थाका अध्यक्ष मनराज भण्डारी शैलेसलले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संयोजक तथा प्रमुख अतिथि भण्डारी शैलेसले सम्पुर्ण खेलाडी तथा आयोजक टिमलाई शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले कार्यक्रमलाई कुनै पार्टिको मातहतबाट भएको नसोचि विद्यार्थी संगठनले आयोजना गरेको सोचेर सबैले साथ र सहयोग गर्नका लागि आग्रह गर्नूभएको थियो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्माले उक्त प्रतियोगिताको लागि क्याम्पसको तर्फबाट पुर्ण रुपमा साथ तथा सहयोग मिल्ने बताउनुभयो ।

विद्यार्थीहरुमा खेलकुदको विकास र प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्नेसहित कबड्डी कप आयोजना गरिएको अखिल क्रान्तीकारी नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीका अध्यक्ष ईश्वर आचार्यले  बताउनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार १० हजार र दितीय पुरस्कार ५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र पत्रद्धारा सम्मान गरिनेछ । साथै तृतीय स्थान हासिल गर्ने समुहले भने मेडल र प्रमाणपत्र मात्रै पाउनेछन् ।

उक्त कार्यक्रममा ने.क.पा.माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रताप सिंह तामाङ, नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा,नीलकण्ठ बहुमुखी क्याम्पसका स्ववियु सदस्य कविराज श्रेष्ठ, अखिल क्रान्तीकारी नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीका अध्यक्ष ईश्वर आचार्य लगायत अन्य जनप्रतितिधी, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np