फेसबुककाे सर्भर डाउन, चलिरहेका एकाउन्ट आफैँ लगआउट
काठमाडौँ- सामाजिक सञ्जाल फेसबुककाे सर्भर डाउन भएको छ ।
नेपालमा राति चलिरहेको फेसबुक एकाउन्ट आफैँ एक्कासि बन्द भएको हो । फेसबुकसँगै इन्स्टाग्राम र मेसेन्जर करिब ९ बजेर ७ मिनेटदेखि चलेको छैन । नेपालमा मात्र नभइ विश्वभरमै मेटाका कुनै पनि एपहरू चलेका छैनन् ।