Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

धोकाको आरोप त मलाई ओलीले लगाउन मिल्छ तर कांग्रेसले मिल्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई धोका दिएको भन्न नमिल्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘धोकाको आरोप त बरू मलाई प्रधानमन्त्री बनाउन लाग्ने दलहरू र केपी शर्मा ओलीले लगाउन मिल्छ कांग्रेसले आरोप लगाउन मिल्दैन’ प्रधानमन्त्री प्रचण्डले भने ।

त्यस्तै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको बताए ।

‘चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

‘विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ’ प्रधानमन्त्री प्रचण्डले भने .

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np