Global Force Media

२०८१ श्रावण ११ - Fri Jul, 2024 -

सहकारी प्रकरण : कार्यदलको बैठक सकियो

काठमाडौँ- सहकारी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ । आज बिहान कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठक सकिएको हो ।

संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे कार्यदलमा सहमति जुटेको छ ।

बैठकमा कुनै सहमति नभएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । ‘कसरी समाधान गर्ने भन्ने सहमति भयो’ बर्तौलाले भने ‘बिषयमा प्रवेश गर्‍यौँ तर निष्कर्षमा पुगिएन् ।’

आजको संसद्‌ चल्ने बर्तौलाले बताए । तर बैठकपछि नेपाली कांग्रेसका जीवन परियारले भने यो नटुंगी संसद्‌ नचल्ने बताए ।

आजै कार्यदलको अर्को बैठक बस्दैछ ।

एमालेका नेतासमेत रहेका कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यहरूमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np