Global Force Media

२०८१ मंसिर २९ - Sat Dec, 2024 -

नयाँ सरकार गठनको तयारीमा रहेको एमालेले बोलायो संसदीय दलको बैठक

कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने तयारीमा रहेको नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दिएको जानकारीअनुसार असार २३ गते आइतबार बिहान १० बजे बस्नेगरी संसदीय दलको बैठक बोलाइएको हो।

नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्ने बैठकमा सबै सांसदलाई उपस्थितिका लागि एमालेले निर्देशन दिएको छ।

नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै एमालेले यही  असार १७ गते मध्यराति नेपाली का‌ंग्रेससँग सत्ता साझेदारी गर्ने सहमति गरेको हो।

यस क्रममा उसले असार १९ गते वर्तमान सरकारबाट आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाई समर्थनसमेत फिर्ता लिइसकेको छ।

तर अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने संसद्‌बाट विश्वासको मत लिने र अहिले राजीनामा नदिने अडान लिइरहेका छन्।

जसका कारण नयाँ सरकार गठनको प्रक्रिया अघि बढिसकेको छैन।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np