Global Force Media

२०८१ फाल्गुन २ - Fri Feb, 2025 -

ट्रम्पको सपथ ग्रहण : ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ

वासिंगटन डिसी- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन । उनको सपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा उद्योगी सहभागी भएका थिए । जसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

समाचार अनुसार ट्रम्पको सपथ ग्रहणका लागि अमेरिकी सुरक्षा निकायले ३६ माइलको सुरक्षा घेरा बनाएको थियो, जसमा २५ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरियो भने ८ सय राष्ट्रिय गार्डहरू पनि रहेका थिए ।

चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पमाथि दुई पटक घातक हमला भएको थियो । यसैलाई ध्यानमा राख्दै गोप्य सेवा र अन्य सुरक्षा निकायहरू सबै सम्भावनाका लागि तयार पारिएको थियो । ड्रोन आक्रमण, रासायनिक आक्रमण र रकेट लन्चर आक्रमणजस्ता कुनै पनि आक्रमणलाई विफल पार्न कडा व्यवस्था गरिएको थियो ।

विश्वकै शक्तिशाली राष्ट्रका नेताको सपथ ग्रहण समारोहमा कुनै अप्रिय घटना नहोस् भनेर जमिन देखि आकाशसम्म निगरानी गरिएको थियो भने सपथ ग्रहण समारोहमा जाने क्रममा र सपथ ग्रहण पछि ह्वाइट हाउससम्मका सबै सडक सिल गरियो ।

सपथ लिनुअघि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया वासिङ्टनको लाफायेट स्क्वायरस्थित सेन्ट जोन्स एपिस्कोपल चर्च पुगेका थिए भने ट्रम्पले सपथ लिनुअघि रुसी राष्ट्रपति पुटिनले सुरक्षा परिषद्सँग भेट गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np