Global Force Media

२०८१ मंसिर २६ - Wed Dec, 2024 -

आज राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np