Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

ठुला नेताको सहमति नकुरौँ‚ भ्रष्टाचार काण्ड छानबिन गर्न उच्चस्तरीय आयोग बनाऔँ : सांसद खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद शिशिर खनालले भ्रष्टाचारको सबै काण्ड छानबिन गर्ने भए ठुला दलको सहमति नभए पनि उच्चस्तरीय आयोग बनाउनुपर्ने सुझाव दिएका छन् ।

शुक्रवार सामाजिक सञ्जालमा लेख्दै उनले राजनीतिक दलको हस्तक्षेपविहीन सक्षम व्यक्तिको नेतृत्वमा आयोग बनाउनुपर्ने धारणा राखेका छन् । उनले समयसीमा तोकेर स्वतन्त्रता पूर्वक उक्त आयोगलाई काम गर्न दिने हो पार्टीको पूर्ण समर्थन रहने उल्लेख गरेका छन् ।

सन् २०२२ मा  प्रकाशित ‘करप्सन एन्ड अन्डरडेभलोप्ट नेपाल: अ कन्टेन्ट ऐनालाईसीस’ शोधपत्रमा नेपालका विभिन्न पत्र पत्रिकामा प्रकाशित भ्रष्टाचारका काण्डहरू सूचीकृत भएको भन्दै उनले लेखेका छन्‚ ‘२०६३ सालपछि बाहिर आएका  रू १ अरब भन्दा ठुला   भ्रष्टाचारसँग जोडिएका ३१ वटा काण्ड मार्फत  रु २२३ अरब भन्दा बढी भ्रष्टाचार भएको हुन सक्छ भनेर यो सूचीले भन्छ । तर यो सूचीमा “७० करोड’ लगायतका काण्ड छैनन्। र पछिल्लो समय चर्चामा आएका  अन्य काण्डहरू पनि छैनन्।’

त्यसैले उनले आयोग बनाएर उल्लेख नभएका घटनाको समेत छानबिन गर्नुपर्ने उल्लेख गरेका छन् ।  ‘त्यसैले कुन काण्ड छानबिन गर्ने भनेर ठुला पार्टी र ठुला नेताको सहमति हैन, यी सबै काण्डको छानबिन गर्ने गरी उच्चस्तरीय   आयोग बनाऔँ‚’ खनालले थप लेखेका छन्‚ ‘आफ्नो मान्छे नराखौँ, सक्षम राखौँ।  समयसीमा तोकेर स्वतन्त्रता पूर्वक काम गर्न दिऔँ। दोषीलाई कारबाही गरौँ। हाम्रो पूर्ण समर्थन रहनेछ ।’

यसअघि बिहीबारको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आयोग बनाउने भए छलफल गर्न  भन्दै आयोग बनाउन कांग्रेस तयार रहेको बताएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np