Global Force Media

२०८१ फाल्गुन २ - Fri Feb, 2025 -

प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विविध विषयका साथै सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिको आधुनिकीकरण, शिक्षा र संस्कृतिलगायत पारस्परिक साझेदारीका बारेमा विचार विमर्श भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि पूर्वनेपाली राजदूत डा अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np