Global Force Media

२०८३ असार ३२ - Thu Jul, 2026 -

सभापति पक्राउ पर्नुअघि कै अवस्थामा पार्टी छ : डोलप्रसाद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी अहिले पनि कमजोर अवस्थामा नभएको दाबी गरेका छन् । न्युज एजेन्सी नेपालसँगको अन्वर्तार्ताका क्रममा अर्यालले सभापति रवि लामिछाने पक्राउ पर्नुभन्दा अघिकै अवस्थामा पार्टी रहेको जिकिर गरे ।

‘रास्वपा फैलँदो अवस्थामा छ । रास्वपा इन्स्ट्यिुसन (संस्था) बनिसकेको छ । यो पार्टी आफैंमा संस्था बनिसकेको छ,’ कार्यवाहक सभापति अर्यालले भनेका छन्, ‘त्यसकारण पार्टी सभापति आफ्नो कानुनी लडाईं लड्दै गर्दा पनि पार्टी आफ्नो ठाउँमा चलिरहेको छ । अहिले रास्वपा सभापति पक्राउ पर्नुभन्दा अगाडिकै अवस्थामा छ । कमजोर छैन ।’

सभापति लामिछाने हिरासतमा हुँदा पार्टीलाई अझै स्थापित गर्न आफूहरू लागिरहेको उनले बताए ।

‘पार्टी सभापतिले कानुनी लडाईं लड्दै गर्दा हामी पार्टीलाई अझै स्थापित गर्दै जानुपर्छ भन्ने कुरालाई लिएर अगाडि बढिरहेका छौं,’ उनले भने, ‘त्यो स्थापित गर्नु भनेको जनताको मुद्दामा बसहगर्नु नै हो मुद्दालाई अपनत्व दिनु हो । त्यसकारण रास्वपा अझै बलियो भएर अघि बढेको छ ।’

अबको अधिवेशनबाट राम्रो उपस्थिति देखाउन सकिन्छ भन्ने आफूहरूलाई लागेको उनको जिकिर गरे ।

‘आउँदो अधिवेशनबाट राम्रो उपस्थिति देखाउन सक्छौं भन्ने हामीलाई लागेको छ । रास्वपा माथिको चिन्ता र अविश्वासको अन्त्य गर्नको लागि पनि आउँदो अधिवेशन हाम्रो लागि महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np