Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

सात बुँदे सहमति कार्यान्वयनको विषयमा नेपाली कांग्रेस दृढ छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग गत असार १७ गते भएको सात बुँदे सहमतिमा आफ्नो पार्टी दृढ रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठक सम्बोधन गर्दै उनले गत असार १७ गते भएको दुई दलबीचको सात बुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका हुन् ।

‘सात बुँदे सहमति कार्यान्वयनको विषयमा नेपाली कांग्रेस दृढ छ,’ सभापति देउवाले भने, ‘सहमति कार्यान्वयन हुने छ, अन्य सहयोग दलको निरन्तर सहयोग रहने छ भन्ने मैले विशवास लिएको छु ।’

उनले सरकारलाई दृढ समर्थन रहेको बताउँदै मूल्यांकन गर्न ६ महिना पर्याप्त नहुने बताए । ‘सरकारको मूल्यांकनका लागि ६ महिना मात्रै पर्याप्त होइन’, उनले भने, ‘यसबीचमा केही राम्रा काम भएका छन् । विस्तारै सरकारले नतिजा निकाल्नेछ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np