Global Force Media

२०८३ जेष्ठ १४ - Thu May, 2026 -

रसुवामा कुटपिट गरी एक जनाको हत्या

रसुवा – रसुवामा एक लेनदेनको विषयमा कुटपिट गरी एक जनाको हत्या भएको छ।

शनिबार साँझ उत्तरगया गाउँपालिका-१ घर भई सोही गाउँपालिका-५ बोगटिटार बस्ने ६० वर्षीय प्लेक्ता तामाङको हत्या भएको हो।

रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईका अनुसार हत्या गरेको आरोपमा सोही गाउँपालिका-५ बोगटिटार बस्ने ४३ वर्षीय बिचारी तामाङलाई शनिबार बेलुका नै प्रहरीले पक्राउ गरेको छ।

बिचारीले लेनदेनको विषयलाई लिएर बिहीबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका प्लेक्ताको ग्रीनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको थियो।

प्रहरी वृत्त महाराजगन्ज काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अहिले रसुवा पुर्‍याइएको छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np