Global Force Media

२०८३ जेष्ठ २१ - Thu Jun, 2026 -

एमसीसी स्थगन गरेकोमा विप्लव नेतृत्वको नेकपाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) स्थगन गरेकोमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धन्यवाद दिएको छ । ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको सङ्घर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा एमसीसी कम्प्याक्ट पनि ९० दिनको लागि स्थगन भएको छ । एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यान्वयनको समयदेखि नै आम नेपाली जनताले देशको राष्ट्रिय स्वाधीनता र आफ्नो राजनीीतक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट सङ्घर्ष गर्दै आइरहेको छ । एमसीसी कम्प्याक्टले नेपाली जनताको सङ्घर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ  । यसका लागि हाम्रो पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।

एमसीसी हिन्द–प्रशान्त रणनीतिको अङ्ग भएको भन्दै देश र जनताले अकल्पनीय क्षति व्यहोर्नुपर्ने आम नेपाली जनताको जबरजस्त मत रहँदै आएको उल्लेख गरेको छ । एमसीसीलाई सधैँको लागि खारेज गरी नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदान गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गरेको छ ।

biplav

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np