Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

एमाले क्रान्तिकारी पार्टी हो, बाँकी सबै अस्थिरतावादी हुन् : बादल

विराटनगर । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, मधेशकेन्द्रित दल कसैले पनि मुलुकको अवस्था बदल्न नसक्ने बताएका छन् ।

एमाले मोरङको १० औं जिल्ला अधिवेशनको प्रमुख अतिथि बनेका बादलले एमाले मात्रै क्रान्तिकारी पार्टी भएको र एमालेको नेतृत्वमा मात्रै मुलुकका तमाम समस्याको समाधान सम्भव हुने बताए ।

‘नेपाली कांग्रेस क्रान्तिकारी पार्टी हो ? उसको इतिहासले देखाउँदैन । नेकपा माओवादी केन्द्र नेपालको अवस्थालाई बदल्ने पार्टी हो ? होइन । उसको नीतिले, विचारले र नेतृत्वले यो कुरालाई पुष्टि गर्दैन,’ बादलले भने, ‘यी सबै पार्टी अस्थिरतावादी, अवसरवादी हुन् । यिनले नेपालको अवस्था बदल्न सक्दैनन् । नेपालमा समाजवाद स्थापना गर्न सक्दैनन् ।’

राजावादी, सामान्तवादी विचार बोक्ने र नयाँ भनेर खुलेका पार्टीले पनि अहिलेको अवस्थालाई बदल्न नसक्ने जिकिर गर्दै उनले एमालेले मात्र क्रान्तिकारी पार्टी भएको बताए ।

‘यिनीहरूले मुलुकको आर्थिक असमानता, गरिबी र समृद्धबीचको खाडल पुर्न सक्छन् ? सक्दैनन्,’ उनले भने, ‘एमालेको नेतृत्वमा मात्र यो सम्भव छ ।’ उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np