Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

सञ्चारिका समूहको पदाधिकारीमा युनियन चौतारीको संयुक्त प्यानल विजयी

काठमाडौं । सञ्चारिका समूहको पदाधिकारीमा नेकपा (एमाले) निकट प्रेस चौतारी र नेपाली काग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानल नै निर्वाचित भएको छ । शुक्रबार राति सम्पन्न निर्वाचनमा चौतारी युनियनको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार कमला पन्थी निर्वाचित भएकी हुन् ।

उनले १४९ मत प्राप्त गरेर निर्वाचित हुदाँ निकटतम प्रतिस्पर्धी पवित्रा सुनारले ८७ मत प्राप्त गरेकी छन् । प्रेस चौतारी निकट रहेकी पन्थी यस अघिकी अध्यक्ष बिमला तुम्खेवासँग पराजित भएकी थिईन भने प्रेस चौतारीकी तत्कालिन केन्द्रीय सदस्य समेत रहेकी सुनार सञ्चारिका समूहकी वर्तमान उपाध्यक्ष हुन् । उनलाई अध्यक्षमा उम्मेदवारी दिएको भन्दै प्रेस चौतारीले संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिसकेको छ ।

यस्तै उपाध्यक्षमा १२८ मत प्राप्त गर्दै बसन्ती बास्तोला निर्वाचित हुदाँ उनका निकटतम प्रतिस्पर्धा लोग्शरी कुँवरले १०० मत प्राप्त गरेकी छन् । कुँवर यस अघि सञ्चारिका समूहकी कार्यसमिति सदस्य थिईन भने प्रेस चौतारीकी तत्कालिन सचिव समेत हुन् । कुवँरलाई पनि प्रेस चौतारीले संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिसकेको छ ।

सञ्चारिका समूहको महासचिवमा भने राधा खनाल निर्विरोध निर्वाचित हुदाँ सचिवमा उर्वसी बस्न्यात १०७ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नुनुता राई १०३ मत प्राप्त गरेकी छन् । बस्न्यात राईसँग सबैभन्दा कम ४ मतान्तरले मात्रै बिजयी भएकी हुन् । निर्वाचित बस्न्यात प्रेस चौतारी निकट पत्रकार हुन् भने् राई प्रेस सेन्टर निकट पत्रकार हुन् ।

यस्तै कोषाध्यक्षमा साजना तामांग १२० मत प्राप्त गर्न निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत प्राप्त गरेकी छन् । तामांग चौतारी युनियनको संयुक्त प्यानलबाट उम्मेदवार बनेकी थिईन भने ढकाल प्रेस सेन्टर निकट पत्रकार हुन् ।

सञ्चारिका समूहको ८ जना सदस्यमा भने अजवी पौड्याल, कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाई, दीपा रेग्मी, देवी साकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित भएका छन् । जसमा चापागाई र रेग्मी प्रेस चौतारी निकट पत्रकार भए पनि उनीहरुले बागी उम्मेदवारी दिएका थिए ।

बागी उम्मेदवारी दिएको भन्दै प्रेस चौतारीले दुबै जनालाई संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिसकेको छ । चापागाई प्रेस चौतारीको भर्खरै सम्पन्न अधिवेशनबाट केन्द्रीय सदस्य चयन भएकी थिईन् ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np